Matheesha Pathirana of Chennai Superkings celebrates the wicket of N. Tilak Varma of Mumbai Indians during match 29 of the Indian Premier League season 17 (IPL 2024) between Mumbai Indians and Chennai Super Kings held at the Wankhede Stadium, Mumbai on the 14th April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को हेभिवेट भिडन्तमा मुम्बई इन्डियन्समाथि चेन्नेई सुपर किंग्सले जित निकालेको छ ।

आईतवार राति भएको हेभिवेट आईपिएल खेलमा मुम्बई इन्डियन्समाथि चेन्नेई सुपर किंग्सले २० रनको जित निकालेको हो ।

सर्वाधिक ५–५ पटकका विजेता प्रतिद्वन्दीबीचको रोमाञ्चक भिडन्तमा चेन्नेईले बाजी मार्न सफल भयो ।

जितसंगै साविक विजेता टोलीले ६ खेलबाट ८ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित मुम्बईको समान ६ खेलबाट ४ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा भएको खेलमा २०७ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै मात्र १८६ रनमा समेतियो ।

मुम्बईका लागि ओपनर ब्याट्सम्यान तथा पुर्व कप्तान रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक १०५ रनको शतकिय पारी खेल्दै अविजित रहेतापनि जित भने दिलाउन सकेन ।

त्यस्तै, तिलक बर्माले २० बलमा ५ चौका प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा अर्का ओपनर इशान किसनले १५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

टिम डेभिडले ५ बलमा २ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कप्तान हार्दिक पाण्डेया २, रोमारियो शेफर्ड १ र इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका सुर्यकुमार यादव शुन्य रनमा पेविलियन फर्किए ।

मोहम्मद नाबी भने ४ रनमा अविजित रहे ।

मुम्बईले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

मुम्बईमाथि जित निकाल्न चेन्नेईका लागि माथिशा पाथिराणाले ४ ओभर बलिङ गर्दै २८ रन दिएर सर्वाधिक ४ विकेट लिँदा तुषार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २०६ रन बनायो ।

चेन्नेईका लागि कप्तान रुतुराज गाइकवादले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकिय पारी खेल्दा शिभम् दुबेले ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान रचिन रबिन्द्रले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किदा पुर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले मात्र ४ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहे ।

यता, डर्याल मिट्चेलले १४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडेर आउट भए ।

चेन्नेईले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

मुम्बईका लागि हार्दिक पाण्डेयाले ३ ओभर बलिङ गर्दा ४३ रन खर्चिएर २ विकेट लिँदा गेराल्ड कोएट्जे र श्रेयस गोपालले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.