Virat Kohli of Royal Challengers Bengaluru hitting a four during match 1 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Royal Challengers Bangalore held at the Eden gardens Stadium, Kolkata on the 22nd March 2025. Photo by s Saikat Das/ Sportzpics for IPL

एजेन्सी । रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा कोलकता नाइट राइडर्समाथि जित निकालेको छ ।

सनिवार राति भएको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले साविक विजेता समेत रहेको कोलकता नाइट राइडर्समाथि ७ विकेटको सहज जित निकालेको हो ।

जितसंगै बेङ्गलुरुले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोडेको छ ।

कोलकताको घरेलु मैदान इडेन गार्डन्स रंगशालामा भएको खेलमा १७५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बेङ्गलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा १७७ रन जोड्यो ।

भ्रमणकारी टोलीलाई जिताउन ओपनर ब्याट्सम्यान विराट कोहोलीले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा अर्का ओपनर फिल साल्टले ३१ बल खेल्नेक्रममा ९ चौका र २ छक्का प्रहार गरेर ५६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान रजत पाटिदारले १६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किदा लैम लिभिङस्टोनले ५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेर १५ रन जोडेर अविजित रहे ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका देवदुत पादिक्कलले भने १० बलमा १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

कोलकताका लागि सुनिल नारिने, वरुण चक्रवती र इम्प्याक्ट प्लेयर बैभव अरोराले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७४ रन जोड्यो ।

कोलकताका लागि कप्तान अजिन्के राहनेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दा ओपोनर ब्याट्सम्यान सुनिल नारिनेले २६ बल खेल्नेक्रममा ५ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अंगक्रिश रघुबंशीले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा रिंकु सिंहले १० बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।

यता, रामदिप सिंह ६ र स्पेन्सर जोन्सन १ रनमा अविजित रहँदा भेनकटेस ऐयर ६, हर्षित राना ५, एन्ड्रे रस्सेल ४ तथा विकेटिकिपर क्विन्टन डि कक ४ रनमा पेविलियन फर्किए ।

कोलकताले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

बेङ्गलुरुका लागि कुर्णाल पाण्डेयाले ३ विकेट लिँदा जोश हाजेलउडदे २ तथा यश डयाल, राशिख सलाम र सुयान्स शर्माले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.