
एजेन्सी । इंग्ल्याण्डका अलराउण्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) को मिनिअक्सनमा क्रीतिमानी १८.५० करोड भारुमा पंजाब किंग्समा आबद्ध भएका छन् ।
योसंगै साम करन आइपिएलको हालसम्मकै महंगा खेलाडी बनेका छन् । साम करनले अक्सनमा २ करोड भारुको न्यूनतम मूल्य राखेका थिए ।
साम करन केहि महिनाअघि सम्पन्न आईसीसी टि–२० विश्वकप जित्ने राष्ट्र इंग्ल्याण्डका महत्वपूर्ण खेलाडी थिए । उनले उक्त विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए ।
त्यस्तै, चेन्नई सुपर किंग्सले अजिक्या रहाणेलाई न्यूनतम मूल्य ५० लाख भारुमा किनेको छ । यता, भारतीय क्रिकेटर मयंक अग्रवाल ८ करोड २५ लाख भारुमा हैदराबादमा गएका छन् ।
सनराइजर्स हैदराबादले फुकुवा गरेका केन विलियम्सनलाई न्यूनतम मूल्यमा २ करोड भारुमा गुजरात टाइटन्सले किनेको छ ।
यता, इंग्लिस अनुभवी ब्याटर जो रुट र दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ भने अनसोल्ड भएका छन् ।
भारतको लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको १६ औं संस्करण सन् २०२३ मार्च २५ तारिखदेखि मे २८ तारिखसम्म हुँदैछ ।