
एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रवारदेखि भारतमा सुरु भएको छ ।
१० फ्रेन्डचाईज टोलीको सहभागिता रहेको टि–२० ढाँचाको प्रतियोगिताको उद्घाटन खेलमा गुजरात टाइटन्सले चेनेई सुपर किंग्समाथि ५ विकेटको जित हात पार्दै आइपिएलमा विजयी सुरुवात गरेको छ ।
अहम्दाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा १७९ रनको विजयी लक्ष्य पक्ष्याएको साविक विजेता समेत रहेको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाउँदै जित हात पार्यो ।
जितसंगै गुजरातले लिग तालिकामा २ अंकको खाता खोलेको छ ।
गुजरातका लागि सुभम गिलले ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, विजय शंकरले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा पेविलियन फर्किदा विकेटकिपर विर्धिमन साहले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोड्दै आउट भए ।
सै सुदर्शनले १७ बलमा ३ चौका मद्दतमा २२ रन बनाउँदै आउट हुँदा राहुल तेवातियाले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे ।
रासिद खानले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा अविजित रहँदा कप्तान हार्दिक पाण्डेया ८ रनमा आउट भए । गुजरातले १२ रन अतिरिक्त रुपमा जोड्यो ।
चेनेईका लागि राजवर्डन हाङगारगेकरले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर सर्वाधिक ३ विकेट लिए ।
रविन्द्र जडेजाले चार ओभरमा २८ रन दिँदै १ विकेट लिँदा तुसार देशपाण्डेले ३.२ ओभर बलिङ गर्दै ५१ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेनई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनायो ।
चेनईका लागि रुतुराज गाइकवादले ५० बलमा ४ चौका र ९ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, मोइन अली १७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडर पेविलियन फर्किदा शिभम दुबेले १८ बलमा १ छक्का मद्दतमा १९ रन बनाउँदै आउट भए ।
विकेटकिपर समेत रहेका कप्तान महेन्द्र सिंह धोनी ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रनमा अविजित रहँदा अम्बती राइदुले १२ बलमा १२ रन बनाउँदै पेवियिन फर्किदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बेन स्टोक्स ७, डेभोन कोनवे र रविन्द्र जडेजा मात्र १ रनमा आउट हुँदा मिट्चेल सन्टनेर १ रनमा अविजित रहे । चेनईले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
गुजरात टाइटनका लागि मोहम्मद शामीले ४ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिँदा राशिद खानले पनि ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, अलजारी जोसेपले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिदै २ विकेट लिँदा जोसुआ लिटलले ४ ओभरमा ४१ रन दिएर १ विकेट लिए ।
आईपिएल अन्तर्गत सनिवार दुई खेल हुनेछ । पहिलो खेलमा पन्जाब किंग्सले कोलकोता नाइट्स राइडर्ससंग पौने ४ बजे खेल्दा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटलसंग प्रतिस्पर्धा गर्नेछ ।