एजेन्सी । उपाधि होडमा रहेको अष्ट्रेलिया जारी ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।

बुधवार विहान भएको खेलमा बलियो अष्ट्रेलियाले एसोसियट राष्ट्र नामिबियामाथि ९ विकेटको सहज जित निकाल्दै सुपर ८ मा प्रवेश गरेको हो ।

समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले ३ खेल खेलिसक्दा शतप्रतिशत जित हासिल गर्दै ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित नामिबियाको समान ३ खेलमा २ अंक रहेको छ ।

नामिबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

वेस्ट इन्डिजस्थित सर भिभियान रिर्चार्डस स्टेडियममा भएको खेलमा ७३ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै ७४ रन जोड्यो ।

अष्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान टिम हेडले १७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोड्दै अविजित रहँदा अर्का ओपनर डेभिड वार्नरले ८ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान मिट्चेल मार्शले ९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोड्दै अविजित रहे ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा २ रन जोड्यो ।

नामिबियाका लागि डेभिड वेइसेले १ विकेट लिए ।

त्यसअघि टस जितेको अष्ट्रेलियाले नामिबियालाई पहिला ब्याटिङमा निम्त्यायो ।

नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन जोड्यो ।

नामिबियाका लागि कप्तान गेर्हार्ड इसास्मुसले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोड्दै आउट पेविलियन फर्किदा ओपनर ब्याट्सम्यान माइकल भान लिगेनले १० बल खेल्दै २ चौका प्रहार गरेर १० रन जोडेर आउट भए ।

नामिबियाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुवेन ट्रम्पेलम्यान ७, जेजे स्मिथ ३, निको डाभिन २, जान फ्राइलिंक, विकेटकिपर जेन ग्रिन र डेभिड वेइसे समान १–१ रनमा पेविलियन फर्किदा बेर्नार्ड स्कोल्ट्ज र बेन शिकोङ्गो शुन्य रनमा आउट भए ।

ज्याक ब्रुस्सेल २ रनमा अविजित रहे ।

नामिबियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

नामिबियालाई सस्तैमा अलआउट गर्न एडम जाम्पाले सर्वाधिक ४ विकेट लिँदा जोश हाज्लेउड र मार्कुस स्टोइनिसले समान २–२ विकेट हासिल गरे ।

त्यस्तै, प्याट कमिन्स र नाथान इलिसले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.