एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा भारतमाथि रोमाञ्चक ५ रनको जित हात पार्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको खेलमा १७३ रनको विजयी लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६७ रनमा समेतिएसंगै अष्ट्रेलियाले रोमाञ्चक रुपमा खेल ५ रनले जितेको थियो ।

न्युल्याण्ड्स क्रिकेट ग्राउण्डमा भएको खेलमा भारतका लागि कप्तान हर्मनप्रित कौरले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको अर्धशतकिय रन जोडिन् ।

त्यस्तै, जेमिमाह रोड्रिगेजले २४ बल खेल्दै ६ चौका मद्दतमा ४३ रन जोड्दा विकेटकिपर रिचा घोषले १७ बलमा १ चौका मद्दतमा १४ रन बनाउँदै पेविलियन फर्किइन् ।

दिप्ती शर्मा १७ बलमा २ चौका प्रहार गर्दै २० रनमा अविजित रहँदा स्नेहा राणाले १० बलमा १ चौका प्रहार गर्दै ११ रनमा आउट भईन् ।

भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । शफाली बर्माले ९, यस्तिका भाटियाले ४, स्मिृति मन्दनाले २ रन जोड्दै आउट हुँदा शिक्षा पाण्डे १ रनमा अविजित रहिन् ।

राधा यादव भने शुन्य रनमा पेविलियन फर्किइन् । भारतले अतिरिक्त रुपमा ११ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि एस्ले गाड्नर र दार्सी ब्राउनले २–२ विकेट लिँदा मेगन सच्ट र जेस जोनसनले समान १–१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७२ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि बेथ मोनीले ३७ बलमा ७ चौका र १ छक्का मद्दतमा सर्वाधिक ५४ रनको अर्धशतकिय रन जोडिन् ।

कप्तान मेग ल्यानिङ ३४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहिन् ।

विकेटकिपर एल्सा हिलेले २६ बलमा ३ चौका मद्दतमा २५ रन जोड्दा एस्ली गाड्नरले १८ बलको सामना गर्दा ५ चौका प्रहार गर्दै ३१ रन जोडिन् ।

ग्रेस ह्यारिसले ७ रन जोड्दै पेविलियन फर्किदा इल्से पेरी २ रनमा अविजित रहिन् । अष्ट्रेलियाले ४ रन अतिरिक्त रुपमा जोडेको थियो ।

भारतका लागि शिक्षा पाण्डेले २ विकेट लिँदा दिप्ती शर्मा र राधा यादवले समान १–१ विकेट लिईन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.