एजेन्सी । भारत र अष्ट्रेलियाबीचको टेस्ट क्रिकेटको पहिलो दिन भारतले राम्रो सुरुवात गर्दै इंनिङ्स समापन गरेको छ ।

विहिवार भारतस्थित भिसिए रंगशालामा भएको पहिलो दिनको खेलमा घरेलु टोलीले अष्ट्रेलियालाई ६३.५ ओभरमा १७७ रनमा रोक्दै ब्याटिङ थालेको थियो ।

भारतले २४ ओभरसम्म खेल्दा १ विकेटको क्षतिमा ७७ रन जोडेको छ । योसंगै पहिलो दिन भारत अष्ट्रेलियासंग मात्र १०० रनले पछि छ ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित रहँदै ६९ बलमा ५६ रन बनाएको छ । रोहितले ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

यता, केएल राहुल ७१ बल खेल्ने क्रममा १ चौका मद्दतमा २० रन जोड्दै पेविलियन फर्किए । रविचन्द्रन आश्विन शुन्य रनमा अविजित छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ६३.५ ओभर खेल्दै १० विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मार्नुस लबिसक्याग्नीले १२३ बल सामना गर्दै ८ चौका मद्दतमा सर्वाधिक ४९ रन जोडे ।

त्यस्तै, स्टिभ स्मिथले १०७ बलमा ७ चौका प्रहार गर्दै ३७ रन बनाए । विकेट किपर एलेक्स क्यारेले ३३ बलमा ७ चौका प्रहार गर्दै ३६ रन बनाउँदा पिटर ह्यान्सकमले ८४ बल खेल्दै ४ चौका मद्दतमा ३१ रन बनाए ।

भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि रविन्द्र जडेजाले २२ ओभर बलिङ गर्दै ८ मेडन राख्दै ४७ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै, रविचन्द्रन आश्विनले १५.५ ओभरमा २ मेडन राख्दै ४२ रन खर्चिएर ३ विकेट लिए । मोहम्मद शामी र मोहम्मद सिराजले पनि १–१ विकेट लिए ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल पुग्न भारतले ४ मध्ये ३ खेल जित्नैपर्नेछ । अष्ट्रेलिया भने फाइनलमा प्रवेश गरिसकेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.