एजेन्सी । भारतमाथि २१ रनको जित हात पार्दै अष्ट्रेलियाले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) सिरिज २–१ ले जितेको छ ।

बुधवार भएको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली अष्ट्रेलियाले भारतमाथि २१ रनको जित हात पारेको हो ।

एमए चिदमवरम रंगशालामा भएको खेलमा २७० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा अलआउट हुँदै मात्र २४८ रनमा समेतिदा अष्ट्रेलिया विजयी भएको हो ।

भारतका लागि विराट कोहोलीले ७२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा हार्दिक पाण्डेयाले ४० बलमा ३ चौका १ छक्का मद्दतमा ४० रन बनाउँदै पेविलियन फर्किए ।

त्यस्तै, सुभम गिलले ४९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाउँदा कप्तान रोहित शर्माले १७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोड्दै पेविलियन फर्किए ।

विकेटकिपर केएल राहुल ५० बल खेल्दै २ चौका र १ छक्कामा ३२ रन जोड्दै पेविलियन फर्किदा रविन्द्र जडेजाले ३३ बलमा १ चौका प्रहार गर्दै १८ रनमा आउट भए ।

भारतका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । घरेलु टोलीले अतिरिक्त रुपमा १२ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभर बलिङ गर्ने क्रममा ४५ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै, एस्टन एगरले १० ओभरमा ४१ रन दिएर २ विकेट लिँदा मार्कुस स्टोइनिसले ९.१ ओभरमा ४३ रन खर्चिदै १ विकेट लिए ।

सिन अब्बोटले १० ओभरमा ५० रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जित्दै पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मिट्चेल मास्चले ४७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।

त्यस्तै, विकेटकिपर एलेक्स क्यारीले ४६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्दा ट्राभिस हेडले ३१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

मार्नस लबुस्काग्नेले ४५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाउँदै पेविलियन फर्किदा मार्कुस स्टोइनिस २६ बलमा ३ चौका मद्दतमा २५ रन जोड्दै आउट भए ।

यता, डेभिड वार्नर ३१ बल खेल्दै १ चौका प्रहार गर्दै २३ रनमा आउट हुँदा सिन अब्बोट २३ बल खेल्दै २ चौका र १ छक्कामा २६ रन बनाउँदै पेविलियन फर्किए ।

एस्टन एगर २१ बलमा १ छक्का मद्दतमा १७ रन बनाउँदै आउट भए । मिट्चेल स्टार्क १० रनमा आउट हुँदा एडम जाम्पा १० रनमा अविजित रहे ।

अष्ट्रेलियाले १२ रन अतिरिक्त रुपमा जोड्यो ।

भारतका लागि हार्दिक पाण्डेयाले ८ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर ३ विकेट लिँदा कुलदिप यादवले पनि १० ओभर बलिङ गर्दै १ मेडन राख्दै ५६ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, अक्षर पटेलले ८ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिँदा मोहम्मद सिराजले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर ३७ रन खर्चिदै २ विकेट लिएका थिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.