एजेन्सी । भारतमा जारी एफआईएच हक्की विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै जर्मनी फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा जर्मनीले अष्ट्रेलियामाथि ४–३ को जित हात पार्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो क्वाटरसम्म २–० ले पछि रहेको जर्मनीले अष्ट्रेलियामाथि रोमाञ्चक पुनरागमन जित हात पारेको हो ।

खेलको ११ औं मिनेटमा हेवार्ड जेरेमीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो क्वाटर १–० ले अघि रहेको अष्ट्रेलियाले दोस्रो क्वाटरको २६ औं मिनेटमा इफ्रौम्स नाथनको गोलमार्फत खेलमा २–० को अग्रता लियो ।

तेस्रो क्वाटरको ४२ औं मिनेटमा पिल्लेट गोन्जालोले जर्मनीका लागि गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याए ।

त्यसपछि चौथौं तथा अन्तिम क्वाटर निर्णायक बन्यो । खेलको ५१ औं मिनेटमा गोन्जालोले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा ल्याए ।

त्यसपछि पुनः ५७ औं मिनेटमा गोभेर्स ब्लाकले गोल गर्दा अष्ट्रेलिया ३–२ ले अघि बढ्यो ।

यता, लगत्तै ५८ औं मिनेटमा गोन्जालोले ह्याट्रिक हान्दा खेल ३–३ को रोमाञ्चक बराबरीमा पुग्यो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा ५९ औं मिनेटमा जर्मन खेलाडी वेल्लेन निकलासले गोल गर्दा जर्मनी ४–३ ले जित्यो ।

जितसंगै जर्मनी १३ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब जर्मनीले बेल्जियम र नेडरल्याण्ड्सको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.