GROS ISLET, SAINT LUCIA - JUNE 24: Rohit Sharma of India plays a shot during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Super Eight match between Australia and India at Daren Sammy National Cricket Stadium on June 24, 2024 in Gros Islet, Saint Lucia. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

एजेन्सी । आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा उपाधि दाबेदार बलियो दुई राष्ट्रको भिडन्तमा जित निकाल्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा अष्ट्रेलियामाथि २४ रनको जित निकाल्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुपर ८ मा भारतले ३ खेल खेल्दा सबैमा जित निकाल्दै ६ अंक जोडेर ग्रुप १ को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो ।

हारसंगै ३ खेलबाट २ अंक रहेको अष्ट्रेलियाको तालिकाको दोस्रो स्थानमा कायम छ ।

अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना बंगलादेश र अफगानिस्तानबीचको खेलले निर्धारण गर्नेछ ।

सेन्ट लुसियास्थित डारेन सामी क्रिकेट रंगशालामा भएको खेलमा २०६ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र १८१ रन जोड्न सक्यो ।
र्
एकदिवसिय विश्वकप विजेता अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकिय पारी खेल्दा कप्तान मिट्चेल मार्शले २८ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेर ३७ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ग्लिन म्याक्सवेलले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा टिम डेभिडले ११ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

यता, प्याट कमिन्स ७ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर अविजित रहँदा अर्का ओपनर डेभिड वार्नर ६, मार्कुृस स्टोइनिस २ र म्थाथ्यु वाडे १ रनमा पेविलियन फर्किए ।

मिट्चेल स्टार्क ४ रनमा अविजित रहे ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

भारतको जितमा अर्शदिप सिंहले ३ विकेट लिँदा कुलदिप यादवले २, जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०५ रन जोड्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रन जोडेर कप्तानी पारी खेले ।

त्यस्तै, सुर्यकुमार यादवले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा शिभम् दुबेले २२ बल खेलेर २ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

यता, हार्दिक पाण्डेयाले १७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहँदा विकेटकिपर रिशभ पन्तले १४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट भए ।

रबिन्द्र जडेजा ९ रनमा अविजित रहँदा विराट कोहोली भने शुन्यमा पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

अष्ट्रेलियाका लागि मिट्चेल स्टार्क र मार्कुस स्टोइनिसले समान २–२ विकेट लिँदा जोश हाजेलउडले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.