ऐजेन्सी । भारतमा जारी एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले भारत सामू २७० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
बुधवार टस जित्दै पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको हो ।
एमए चिदमवरम रंगशालामा जारी खेलमा भ्रमणकारी टोली अष्ट्रेलियाका लागि मिट्चेल मास्चले ४७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।
त्यस्तै, विकेटकिपर एलेक्स क्यारीले ४६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्दा ट्राभिस हेडले ३१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।
मार्नस लबुस्काग्नेले ४५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाउँदै पेविलियन फर्किदा मार्कुस स्टोइनिस २६ बलमा ३ चौका मद्दतमा २५ रन जोड्दै आउट भए ।
यता, डेभिड वार्नर ३१ बल खेल्दै १ चौका प्रहार गर्दै २३ रनमा आउट हुँदा सिन अब्बोट २३ बल खेल्दै २ चौका र १ छक्कामा २६ रन बनाउँदै पेविलियन फर्किए ।
एस्टन एगर २१ बलमा १ छक्का मद्दतमा १७ रन बनाउँदै आउट भए । मिट्चेल स्टार्क १० रनमा आउट हुँदा एडम जाम्पा १० रनमा अविजित रहे । अष्ट्रेलियाले १२ रन अतिरिक्त रुपमा जोड्यो ।
भारतका लागि हार्दिक पाण्डेयाले ८ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर ३ विकेट लिँदा कुलदिप यादवले पनि १० ओभर बलिङ गर्दै १ मेडन राख्दै ५६ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, अक्षर पटेलले ८ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिँदा मोहम्मद सिराजले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर ३७ रन खर्चिदै २ विकेट लिए ।