
एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा अष्ट्रेलियाले सिरियामाथि साँघुरो जित निकालेको छ ।
विहिवार साँझ भएको खेलमा अष्ट्रेलियाले सिरियामाथि १–० को साँघुरो जित निकालेको हो ।
जस्सिम बिन हमद रंगशालामा भएको खेलमा ज्याक्सन इर्भेनले अष्ट्रेलियाका लागि निर्णायक गोल गरे ।
ज्याक्सनले दोस्रो हाफको ५९ औं मिनेटमा गोल गरेका हुन् ।
साँघुरो जितसंगै समूह ‘बी’ मा अष्ट्रेलियाले २ खेलमा शतप्रतिशत जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
यता, सिरियाको भने समान २ खेलमा १ मा हार र १ मा बराबरी सहित समूह तालिकामा १ अंक रहेको छ ।
सिरिया समूह तालिकाको तेस्रो स्थानमा रहेको छ ।