एजेन्सी । अष्ट्रेलियन जोडी जेसन कुबलर र रिन्की हिजिकाताले अष्ट्रेलियन ओपनको मेन्स डबल्सको उपाधि जितेको छ ।
सनिवार भएको मेन्स डबल्सको फाइनल खेलमा अष्ट्रेलियन युवा जोडीले पोलिस जोडी ह्युगो नेइस र जान जेलेन्सीको जोडलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि जितेको हो ।
मेलर्वन पार्कमा भएको उपाधि भिडन्तमा घरेलु जोडीले पोल्याण्डका जोडीलाई ६–४, ७–६ र ७–४ ले पराजित गर्दै उपाधि जितेको हो ।
यसअघि प्रतियोगिताअन्तर्गत महिला सिङ्गल्सको अष्ट्रेलियन ओपनको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् ।
उनले फाइनल खेलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै वर्षको पहिलो महिला ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।
रोमाञ्चक फाइनल खेलमा साबलेन्काले पहिलो सेट ६–४ ले गुमाएकी थिईन् त्यसपछि दुई सेट ६–३ र ६–४ ले जित्दै अष्ट्रेलियन ओपन जितेकी हुन् ।
प्रतियोगिताअन्तर्गत आइतवार पुरुषतर्फको एकल उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन् भने महिला डबल्सको फाइनल खेल पनि हुनेछ ।