एजेन्सी । अष्ट्रियालाई पराजित गर्दै उत्तर कोरिया फिफा यु–२० महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार विहान भएको अन्तिम १६ अन्तर्गत खेलमा युरोपेली राष्ट्रि अष्ट्रियालाई ५–२ गोलअन्तरले पराजित गर्दै एसियाली राष्ट्र उत्तर कोरिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इस्टाडियो अतानासियो डिरार्डोट रंगशालामा भएको खेलमा कोरियाका लागि सिन ह्याङले दुई गोल गर्दा किम काङ मी, चाय उन योङ र पाक मि रेयोङले गोल गरिन् ।
यता, अष्ट्रियाका लागि भने भ्यालेन्टिना मडलले एक गोल फर्काउँदा अर्को एक गोल भने कोरियाकी ह्यान होङ रेयोङको आत्मघाती गोलमार्फत् प्राप्त गर्यो ।
खेल सुरु भएको तेस्रो मिनेटमै किम सङ जियोङको पासमा सिन ह्याङको गोलमार्फत् कोरियाले सुरुवाती अग्रता लियो ।
तर, ११ औं मिनेटमा निकोले ओजुखुको पासमा भ्यालेन्टिनाले युरोपेली टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, २९ औं मिनेटमा निकोलेले दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा अष्ट्रिया १० खेलाडीमा समेतियो ।
जसको फाइदा कोरियाले लियो ।
खेलको ३७ औं मिनेटमा किम सङ ओकेको पासमा सिन ह्याङले गोल गर्दै कोरियाललाई २–१ ले अघि बढायो ।
दोस्रो हाफको ५३ औं मिनेटमा चाय उन योङको पासमा किम काङ मीले गोल थप्दा कोरिया ३–१ ले अघि बढ्यो ।
तर, ६३ औं मिनेटमा कोरियाकी हान होङ रेयोङले आत्मघाती गोल गनए पुग्दा खेल ३–२ को अवस्थामा आयो ।
यता, ७४ औं मिनेटमा किम सङ जियोङको पासमा चाय उन योङले गोल गर्दै कोरियालाई ४–२ ले अघि बढाए ।
खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा जोङ कुमकाृ पासमा पाक मि रेयोङले गोल गर्दै कोरियालाई ५–१ ले जिताए ।