
एजेन्सी । क्रिस्चियानो रोनाल्डो प्रेरित अल नासेर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनल खेलमा रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासेरले अल टाउनमाथि २–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रिन्स सुल्टान बिन अब्दुलाजिज स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा कप्तान रोनाल्डो र एमन याह्याले गोल गरे ।
खेल सुरु भएको ८ औं मिनेटमा रोनाल्डोको असिस्टमा याह्याले गोल गर्दै नासेरलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा सुल्टान अल घानामको पासमा रोनाल्डोले गोल थप्दा अल नासेर २–० ले विजयी भयो ।
अब उपाधिका लागि अल नासेरले अल हिलालसंग सनिवार राति प्रतिस्पर्धा गर्नेछ ।