
एजेन्सी । क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासेर एसियाली क्लब फुटबलको शीर्ष प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेलमा साउदी प्रतिद्वन्दी अल फायहामाथि २–० को जित निकालेसंगै समग्रमा ३–० को जितका साथ अल नासेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यसअघि अल फायहाको घरेलु मैदानमा भएको पहिलो लेग खेलमा अल नासेर १–० ले विजयी भएको थियो ।
अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा क्रिस्चियानो रोनाल्डो र ओटाभियोले गोल गरे ।
पहिलो हाफको १७ औं मिनेटमा अब्दुल्लाह अल खाइबारीको असिस्टमा ओटाभियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको अन्त्यतिर ८६ औं मिनेटमा रोनाल्डोले गोल थप्दै अल नासेरलाई २–० ले जित दिलाए ।