एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोलाई साउदी अरेबियामा भब्य स्वागत गरेको छ ।

अरेबली क्लब अल नासेरमा आबद्व रोनाल्डोको स्वागत गर्दै क्लबले भनेको छ, ‘‘नयाँ युगको सुरुआत ।’’ मंगलबार रोनाल्डोलाई अरबेली क्लबमा भव्य रुपमा सार्वजनिक गरिएको हो ।

मार्सुल पार्कमा दुई घण्टासम्म चलेको समारोहमा रोनाल्डोले क्लबको जर्सी लगाएर मैदानमा प्रवेश गरेको थियो । रोनाल्डोसँगै उनकी प्रेमिका जर्जिना रोड्रिग्वेज, छोराछोरीहरु रंगशालामा थिए ।

रोनाल्डोले रंगशालामा उपस्थित समर्थकलाई सम्बोधन गर्दै अल नासरसँग सम्झौता गर्नुअघि अरू क्लबहरूबाट पनि ‘धेरै प्रस्ताव आएको बताएका थिए । रोनाल्डोले आफूलाई ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलका क्लबबाट समेत प्रस्ताव आएको बताए ।

रोनाल्डोले अल नासरसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । उनले प्रतिवर्ष १७ करोड ७० लाख पाउन्डभन्दा बढी रकममा सम्झौता गरेको बताइएको छ । त्यो फुटबलको इतिहासमा सबैभन्दा ठूलो पारिश्रमिक भएको बीबीसीले जनाएको छ ।

“मैले यस क्लबको लागि वचन दिएँ, त्यसैले म यहाँ आए । ’’ रोनाल्डोले भने, “ मैले युरोपमा सबै महत्त्वपूर्ण उपाधि जिते । अब एसियामा पनि जित्न चाहन्छु । यो मेरो लागि नयाँ चुनौती हो ।’’ अल नासरका मुख्य प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरेबियाका लागि उत्कृष्ट भएको बताएका छन् ।

“मेरो जीवनमा मैले देखेको छु कि रोनाल्डोजस्ता महान् खेलाडीहरू व्यवस्थापन गर्न सजिलो हुन्छ । किनकि। मैले उनलाई सिकाउन सक्ने केही छैन,’’ फ्रान्सेली प्रशिक्षक गार्सियाले भने, “मेरो उद्देश्य रोनाल्डोलाई खुसी बनाउनु हो ।’’

पाँच पटकका बेलोन डीओआर विजेता खेलाडीले कतार विश्वकप सुरु हुनुभन्दा अगाडी इंग्लिस मिडियासमक्ष दिएको अन्तर्वाताका कारण प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आपसी सहमतिमा सम्झैता रद्द गर्दै सम्बन्ध अन्त्य गरेको थियो ।

त्यसपछि नयाँ क्लबको खोजीमा रहेका रोनाल्डोले अप्रत्यासित रुपमा खाडी राष्ट्र साउदी अरेबियाको अल नासरसँग सम्झौता गरेका थिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.