
एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा अल्मेरियामाथि सहज जित निकालेको छ ।
विहिवार राति भएको खेलमा बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल्मेरियामाथि २–० को जित निकालेको हो ।
अल्मेरियाको घरेलु मैदान पावर हर्स रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन फेर्मेनले दुबै गोल गरे ।
खेल सुरु भएको १४ औं मिनेटमा हेक्टर फोर्टको असिस्टमा फेर्मेनले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ६७ औं मिनेटमा सर्जे रोबेर्टोको पासमा फेर्मेनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा क्याटलान क्लब २–० ले विजयी भयो ।
सहज जितसंगै ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ ।
पराजित अल्मेरियाको भने समान ३६ खेलमा १७ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।
अल्मेरिया यसअघि नै ला लिगाबाट रेलिगेशनमा परिसकेको छ ।