
एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत खेलमा स्पेनले अल्बानियामाथि जित निकालेको छ ।
सोमवार राति भएको खेलमा बलियो स्पेनले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल्बानियामाथि १–० को जित निकालेको हो ।
डस्सेलडोर्फस्थित डस्सेलडोर्फ एरिना रंगशालामा भएको खेलमा स्पेनको जितमा फेरान टोरेसले एकमात्र निर्णायक गोल गरे ।
टोरेसले खेलको १३ औं मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गरेका हुन् ।
जितसंगै स्पेनले समूह चरणमा शतप्रतिशत जितका साथ ३ खेलबाट ९ अंक जोड्दै समूह ‘बी’ को समूह विजेता बन्यो ।
स्पेन यसअघि नै अघिल्लो चरण प्रवेश गरेको थियो ।
पराजित अल्बानियाले भने ३ खेलमा १ मा बराबरी र २ मा हारसहित १ अंक जोडेर समूह तालिकामा पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।