
एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा अलाभेसमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेतासमेत रहेको बार्सिलोनाले अलाभेसमाथि ३–१ को सहज जित निकालेको हो ।
अलाभेसको घरेलु मैदान मेन्डिजोरोजा रंगशालामा भएको खेलमा बार्सिलोनाको जितमा रोर्बट लेवान्डोस्की, इल्के गुन्डुवान र भिक्टर रोक्युले गोल गरे ।
पराजित घरेलु टोलीका लागि सामु ओमोरोदियोनले सान्तोना गोल फर्काए ।
खेलको २२ औं मिनेटमा गुन्डुवानको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा पेड्रीको असिस्टमा गुन्डुवानले गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै ५१ औं मिनेटमा एलेक्स सोलाको असिस्टमा ओमोरोदियोनले अलाभेसका लागि गोल फर्काउँदा खेल २–१ को अजस्थामा आयो ।
तर, ६३ औं मिनेटमा बार्सिलोनाका हेक्टर फोर्टले असिस्ट गर्दै रोक्युले गोल थप्दा क्याटलान क्लब ३–१ ले अघि बढ्यो ।
यता, ७२ औं मिनेटमा रोक्युले रातो कार्ड पाउँदा भ्रमणकारी टोली १० खेलाडीमा समेतियो ।
तर, पनि आलाभेसले त्यसको फाइदा उठाउन सकेन र खेल बार्सिलोनाले जित्यो ।
सहज जितसंगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
पराजित अलाभेसको समान २३ खेलमा २६ अंकसहित तालिकाको १२ औं स्थानमा झरेको छ ।
यता, गयराति नै भएको अर्को खेलमा जारी सिजन उच्च लयमा रहेको जिरोना रियल सोसिडाडसंग गोलरहित बराबरीमा रोकिएको छ ।
जिरोना आफ्नै घरेलु मैदान म्युनिसिपल दि मोन्टिलिभी रंगशालामा सोसिडाडसंग बराबरीमा रोकिएको हो ।
योसंगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिन पाउने मौकाबाट जिरोना बिमुख बन्यो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
जिरोनाको २३ खेलबाट ५६ अंकसहित भएको छ ।
जिरोना तालिकाको दोस्रो स्थानमा कायम छ ।
यता, सोसिडाडको भने २३ खेलमा ३७ अंकसहित तालिकाको छैटौं स्थानमा कायम छ ।