एजेन्सी । कोलम्बियामाथि जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको छ ।
सोमवार विहान भएको फाइनल खेलमा कोलम्बियालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको हो ।
४८ औं संस्करणको उपाधि जितेसंगै अर्जेन्टिनाले १६ औं पल्ट कोपा अमेरिकाको उपाधि जित्न सफल भयो ।
योसंगै लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार पछिल्लो तीन संस्करणको उपाधि जित्ने क्रीतिमान पनि कायम गर्यो ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेट लम्बिएयो ।
जसमा ११२ औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा मार्टिनेजले निर्णायक गोल गरे ।
हारसंगै कोलम्बिया भने उपविजेतामा सिमित रह्यो ।