भक्तपुर । नेपालले संयुक्त राज्य अमेरिकाविरुद्वको टि–२० आई सिरिज क्लिन स्विप गरेको छ ।

सोमवार विहान भएको तेस्रो तथा अन्तिम खेलमा संयुक्त राज्य अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

तीन खेलको सिरिजमा नेपालले यसअघि पहिलो खेल १७ रनले जित्दा दोस्रो खेल सुपरओभरमा जितेको थियो ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा १५७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपाललाई जिताउन ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदा कुलश मल्लले ३० बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ४४ रन जोडेर अविजित रहे ।

त्यस्तै, कुशल भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर अविजित रहँदा अर्का ओपनर अनिल साहले ११ बल खेल्दै २ चौका प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।

अमेरिकाका लागि जेसे सिंह र जुआनोय ड्राइस्डेलले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५६ रन जोड्यो ।

अमेरिकाका लागि ओपनर ब्याट्सम्यान सैतेजा मुक्कामल्लले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दा मिलिन्द कुमारले ३५ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ४३ रन जोडेर अविजित रहिन् ।

त्यस्तै, आरोन जोन्सले १६ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा हरमित सिंहले ३ बल खेल्दै १ छक्का प्रहार गरेर १० रन जोड्दै अविजित रहँदा शयान जाहानगिर ९ तथा कप्तान मोयङ्क पटेल र विकेटकिपर एन्ड्रेस गौस समान २–२ रनमा पेविलियन फर्किए ।

अमेरिकाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ३ विकेट लिँदा रिजन ढकाल र ललित राजबंशीले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.