एजेन्सी । सह–आयोजकद्वय टोलीविचको आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

सनिवार विहान भएको खेलमा एसोसियट राष्ट्र संयुक्त राज्य अमेरिकामाथि टेस्ट टोली वेस्ट इन्डिजले ९ विकेटको सहज जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै वेस्ट इन्डिजले ग्रुप २ मा २ खेलबाट २ अंक जोडेको छ ।

पराजित अमेरिकाले २ खेल खेलिसक्दा दुबैमा हार बेहोरेको छ ।

बारबडोसस्थित केनसिङटोन ओभल बारबाडोस रंगशालामा भएको खेलमा १२९ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १०.५ ओभरमा १ विकेट गुमाउँदै १३० रन जोड्यो ।

बलियो वेस्ट इन्डिजको जितमा शाइ होपले विष्पोटक पारी खेल्दै ३९ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर निकोलास पुरानले १२ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहे ।

त्यस्तै, जोनसन चार्लिसले १४ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

वेस्ट इन्डिजले अतिरक्त रुपमा ६ रन जोड्यो ।

अमेरिकाका लागि हरमित सिंहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १२८ रन जोड्यो ।

अमेरिकाका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर एन्ड्रेस गौसले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा नितिश कुमारले १९ बल खेल्दै २ चौका प्रहार गरेर २० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, मिलिन्द कुमारले २१ बलमा १ चौका प्रहार गर्दै १९ रन जोडेर रनआउट हुँदा शाड्ले भान स्चल्कवेकले १७ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, अली खानले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर अविजित रहँदा कप्तान आरोन जोनसनले ११ बल खेल्दै १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

कोरे एडरसन ७, स्टेभेन टेलर २ र नोस्थुस केन्जिजे १ रनमा आउट हुँदा हरमित सिंह र सौरभ नेत्रभल्कर शुन्य रनमा पेविलियन फर्किए ।

अमेरिकाकाले अतिरक्त रुपमा ७ रन जोड्यो ।

अमेरिकालाई सस्तैमा अलआउट गर्न वेस्ट इन्डिजका लागि रोस्टन चेस र एन्ड्रे रस्सेलले ३–३, अल्जारी जोसेफले २ र गुडाकेश मोटीले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.