एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास सिरिजअन्तर्गत खेलमा पाकिस्तान इंग्ल्याण्डसंग पराजित भएको छ ।
सनिवार राति भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसंग २३ रनले पराजित भएको हो ।
योसंगै ४ खेलको टि–२० सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।
इंग्ल्याण्डको ब्रिमिङघमस्थित इड्गबास्टोन रंगशालामा भएको खेलमा १८४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १९.२ ओभरमा अलआउट हुन पुग्दा मात्र १६० रनमा समेतियो ।
पाकिस्तानका लागि फखर जमानले २१ बलमा ५ चौका र छक्का प्रहार गर्दै ४५ रन जोड्दा कप्तान बाबर आजामले २६ बल खेल्दै ४ चौका प्रहार गरेर ३२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, इफ्टिखर अहमेदले १७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा आईमद वासिमले १३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।
यता, विकेटकिपर आजाम खानले १० बलमा २ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा शाहिन अफ्रिदी ९, मोहम्मद अमिर ५, शादाब खान ३, सैम आयुब २ र मोहम्मद रिजवान शुन्य रनमा पेविलियन फर्किए ।
ह्यारिस रौफ भने ३ रनमा अविजित रहे ।
पाकिस्तानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
पाकिस्तानलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि रेस टोप्लेले ३ विकेट लिँदा मोइन अली र जोफ्रा आचरले समान २–२ विकेट लिए ।
त्यस्तै, लैम लिभिङस्टोन, अदिल राशिद र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १८३ रन जोड्यो ।
इंग्ल्याण्डका लागि कप्तान तथा विकेटकिपर जस बटलरले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रनको अर्धशतकिय पारी खेल्दा विल ज्याक्सले २३ बल खेल्नेक्रममा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, जोनी बेस्ट्रोले १८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान फिल साल्टले ९ बल खेल्दै २ चौका प्रहार गरेर १३ रन जोडेर पेविलियन फर्किए ।
यता, जोफ्रा आचरले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा मोइन अली ४, क्रिस जोर्डन ३ र ह्यारी ब्रुक्स १ रनमा पेविलियन फर्किए ।
लैम लिभिङस्टोन भने २ रनमा अविजित रहे ।
इंग्ल्याण्डले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिँदा ह्यारिस रौफ र आईमद वासिमले समान २–२ विकेट लिए ।