![445381347_957278343072206_5204176791937813538_n](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2024/06/445381347_957278343072206_5204176791937813538_n.jpg?resize=696%2C391&ssl=1)
एजेन्सी । आसन्न टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास खेलमा श्रीलंकाले आयरल्याण्डलाई पराजित गरेको छ ।
शुक्रवार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा भएको खेलमा १६४ रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्ड १८.२ ओभरमा अलआउट हुँदा मात्र १२२ रनमा समेतियो ।
आयरल्याण्डका लागि कर्टिस क्यामफेरले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा कप्तान तथा ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङले १३ बल खेल्दै ४ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर एन्ड्रियु बालबिरनेईले १७ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किदा जर्ज डकरेलले १० बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट भए ।
यता, ह्यारी टेक्टरले ८ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा विकेटकिपर लोर्कान टक्केरले ११ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
ग्यारेथ डेलानी र ब्यारी म्याककार्थी समान ४–४ रनमा आउट हुँदा मार्क अदैर र क्राइग योङ्ग १–१ रनमा पेविलियन फर्किए ।
जोशुआ लिटल भने २ रनमा अविजित रहे ।
आयरल्याण्डले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
आयरल्याण्डलाई अलआउट गर्दै जित हासिल गर्न श्रीलंकाका लागि दासुन शनाकाले ३.२ ओभर बलिङ गर्नेक्रममा २३ रन दिएर ४ विकेट लिँदा कप्तान वानिन्दु हसरंगाले ४ ओभर बलिङ गर्दै ४० रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, महेश थिकशानाले ४ ओभर बलिङ गर्दै मात्र १४ रन दिएर २ विकेट लिँदा दुश्मन्थ चमिरा र माथिशा पाथिराणाले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६३ रन जोड्यो ।
श्रीलंकाका लागि अंगेलो म्याथ्युजले ३० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा दासुन शनाकाले १५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान पाथुम निस्सङ्काले १७ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर तथा विकेटकिपर कुशल मेन्डिसले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा सदिरा समराविक्रमाले ११ बल खेल्दै ३ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
धनन्जय दि सिल्भा ९, चरिथ असलङ्का ६ र कामिन्दु मेन्डिस शुन्य रनमा पेविलियन फर्किदा महेश थिकशाना २ रनमा अविजित रहे ।
श्रीलंकाले अतिरिक्त रुपमा १७ रन जोड्यो ।
आयरल्याण्डका लागि ब्यारी म्याककार्थीले २.४ ओभर बलिङ गर्दै ३१ रन दिएर २ विकेट लिँदा जोशुआ लिटलले ४ ओभरमा ४५ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, मार्क अदैर, क्राइग योङ्ग, कर्टिस क्यामफेर र बेन्जामिन ह्वाइटले १–१ विकेट लिए ।