एजेन्सी । टि–२० विश्वकपको अन्तिम तयारीमा रहेको भारतले अभ्यास खेलमा बंगलादेशमाथि सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा बलियो भारतले बंगलादेशमाथि ६० रनको सहज जित निकालेको हो ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नासो काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १२२ रन जोड्न सक्यो ।

बंगलादेशका लागि महमुदुल्लाहले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर रिटायर्ड आउट हुँदा सकिब अल हसनले ३४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तान्जिद हसनले १८ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा तौहिद हृदयले १४ बल खेल्दै १ चौका मद्दतमा १३ रन जोडेर पेविलियन फर्किए ।

बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विकेटकिपर लिटन दासले ६ र रिशाद हुस्सेनले ५ रन जोड्दै आउट हुँदा कप्तान नाजमुल हुस्सेन शान्तो, अर्का ओपनर सौम्य सरकार र जाकेर अली शुन्य रनमा पेविलियन फर्किए ।

माहेदी हसन ३ र तान्जिम हसन सकिब १ रनमा अविजित रहे ।

बंगलादेशले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

बंगलादेशमाथि जित निकाल्न भारतका लागि अर्शदिप सिंहले ३ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिँदा शिभम् दुबेले ३ ओभर बलिङ गर्नेक्रममा १३ रन दिएर २ विकेट लिँए ।

त्यस्तै, जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेया र अक्षर पटेलले पनि समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८२ रन जोड्यो ।

भारतका लागि रिशभ पन्तले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेल्दै रिटायर्ड आउट हुँदा हार्दिक पाण्डेयाले २३ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ४० रन जोडेर अविजित रहे ।

त्यस्तै, सुर्यकुमार यादवले १८ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३१ रन जोड्दै पेविलियन फर्किदा कप्तान रोहित शर्माले १९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट भए ।

यता, शिभम् दुबेले १६ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा विकेटकिपर सन्जु सामसन भने १ रनमा पेविलियन फर्किए ।

रविन्द्र जडेजा ४ रनमा अविजित रहे ।

भारतले अतिक्ति रुपमा १६ रन जोड्यो ।

बंगलादेशका लागि माहेदी हसन, शोरिफुल इस्लाम, महमुदुल्लाह र तानभिर इस्लामले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.