भक्तपुर । वेस्ट इन्डिज भ्रमणमा रहेको नेपालले आसन्न आईसीसी टि–२० विश्वकपको तयारी अभ्यास खेलमा दोस्रो जित निकालेको छ ।
विहिवार राति भएको अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजमाथि ४९ रनको जित निकाल्दै अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो ।
त्यसअघि पहिलो खेलमा पनि नेपालले विनवार्ड्स भोलक्यानोजमाथि ४ विकेटको जित निकालेको थियो ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७९ रन बनायो ।
उता, १८० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिण्मा उत्रिएको विनवार्ड्स भोलक्यानोजले १८.४ ओभरमा अलआउट हुने क्रममा १३० रनमात्र जोड्न सक्यो ।