भक्तपुर । वेस्ट इन्डिज भ्रमणमा रहेको नेपालले आसन्न आईसीसी टि–२० विश्वकपको तयारी अभ्यास खेलमा जित निकालेको छ ।
मंगलवार राति भएको अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजमाथि ४ विकेटको जित निकालेको हो ।
कोलोनारीस्थित पार्क हिल मैदानमा भएको खेलमा १९७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाललाई जिताउन कुशल भुर्तेलले ४२ बलमा सर्वाधिक ७१ रनको अर्धशतकिय पारी खेल्दा दिपेन्द्र सिंह ऐरीले २५ बल खेल्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।
त्यसअघि पहिला ब्याटिङमा उत्रिएको भोलक्यानोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १९६ रन जोडेको थियो ।