एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास खेलमा अष्ट्रेलियाले जित निकालेको छ ।

बुधवार विहान भएको अभ्यास खेलमा टेस्ट राष्ट्र अष्ट्रेलियाले एसोसियट राष्ट्र नामिबियामाथि ७ विकेटको जित निकालेको हो ।

टोबागोस्थित क्विन पार्क ओभल रंगशालामा भएको खेलमा १२० रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले मात्र १० ओभर खेल्नेक्रममा ३ विकेट गुमाउँदै १२३ रन जोड्यो ।

अष्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा टिम डेभिडले १६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा अर्का ओपनर मिट्चेल मार्शले १४ बलमा ४ चौका प्रहार गर्दै १८ रन जोड्नेक्रममा रनआउट हुँदा म्याथ्यु वाडेले ५ बलमा ३ चौका प्रहार गरेर १२ रन जोड्दै अविजित रहे ।

यता, विकेटकिपर जोश इंग्लिस भने ५ रनमा पेविलियन फर्किए ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

एसोसियट टोलीका लागि बेर्नार्ड स्कोल्ट्जले २ ओभर बलिङ गर्नेक्रममा १६ रन दिएर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११९ रन जोड्यो ।

नामिबियाका लागि विकेटकिपर जेन ग्रिनले ३० बलमा ५ चौका प्रहार गरेर ३८ रन जोड्दा मलान क्रुगेरले ११ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर रनआउट भए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान निको डाभिनले १३ बलमा ३ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा जिन पिइरे कोट्जेले २६ बल सामना गर्दा १ चौका मद्दतमा १३ रन बनाएर पेविलियन फर्किए ।

यता, कप्तान गेरार्ड इरास्मुसले १७ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किदा डेभिड वेसाले १३ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १२ रन जोडेर रनआउट भए ।

रुविन ट्रम्पेलमेन १ रनमा अविजित रहँदा जान फ्राइलिंक र जेजे स्मिथ समान १–१ रनमा पेविलियन फर्किए ।

अर्का ओपनर माइकल भान लिंगेन भने शुन्य रनमा पेविलियन फर्किए ।

नामिबियाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

टेष्ट राष्ट्रका लागि एडम जाम्पाले ४ ओभर बलिङ गर्नेक्रममा २५ रन दिएर ३ विकेट लिँदा जोश हाजेलउडले ४ ओभरमा ३ मेडनसहित मात्र ५ रन दिएर २ विकेट लिए ।

त्यस्तै, नाथान इलिसले ४ ओभरमा १७ रन दिएर १ विकेट लिँदा टिम डेभिडले ४ ओभर बलिङ गर्नेक्रममा ३९ रन खर्चिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.