एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारीका लागि खेलिएको अभ्यास खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियामाथि जित हासिल गरेको छ ।
शुक्रवार विहान भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियामाथि ३५ रनको जित हासिल गरेको हो ।
ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा २५८ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलिया निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२२ रनमा समेतियो ।
अष्ट्रेलियाका लागि जोश इंग्लिसले ३० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा नाथान इलिसले २२ बल खेलदै ४ चौका र २ छक्का प्रहार गरेर ३९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, टिम डेभिडले १२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा विकेटकिपर म्याथ्यु वाडेले १४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
यता, ओपनर ब्याट्सम्यान अस्टोन अगरले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर आउट हुँदा एडम जाम्पाले १६ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहे ।
अर्का ओपनर डेभिड वार्नरले ६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा कप्तान मिट्चेल मार्श ४ रनमा पेविलियन फर्किए ।
जोश हज्लेउड भने ३ रनमा अविजित रहे ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
अष्ट्रेलियामाथि जित निकाल्न वेस्ट इन्डिजका लागि गुुडाकेश मोटीले ४ ओभर बलिङ गर्दै ३१ रन दिएर २ विकेट लिँदा अलजारी जोसेफले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, अकिल हुसेन, शामर जोसेफ र ओबेड म्याककोएले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २५७ रनको विशाल योगफल तयार गर्यो ।
वेस्ट इन्डिजका लागि विकेटकिपर निकोलास पुरनले २५ बलमा ५ चौका र ८ छक्काको विष्पोटक पारी खेल्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान रोभमान पोवेलले २५ बल खेल्नेक्रममा ४ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै पेविलयिन फर्किए ।
त्यस्तै, शेर्फान रुथरफोर्डले १८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान जोनसन चार्लिसले ३१ बल खेल्दै ६ चौका प्रहार गरेर ४० रन जोड्दै पेविलयन फर्किए ।
यता, शिमरन हेटमायरले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर अविजित रहँदा अर्का ओपनर शाई होपले ८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभर बलिङ गर्दै ६२ रन खर्चिएर २ विकेट लिँदा टिम डेभिड र अस्टोन अगरले समान १–१ विकेट लिए ।