एजेन्सी । आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सनिवार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

जारी ३४ औं संस्करणको अफ्रिकी शीर्ष प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरुमा नाइजेरियाले अंगोलोलाई १–० ले पराजित गर्दा डिआर कंगोले गिनीमाथि ३–१ को जित निकाल्यो ।

त्यस्तै, आयोजक राष्ट्र आइभरी कोस्टले मालीलाई २–१ ले पराजित गर्दा दक्षिण अफ्रिकाले काबो भार्डेलाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्यो ।

अब सेमिफाइनल खेलमा नाइजेरियाले दक्षिण अफ्रिकासंग बुधवार राति प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, आइभरी कोस्टले डिआर कंगोसंग दोस्रो सेमिफाइनल खेलमा बुधवार राति खेल्ने तालिका रहेको छ ।

गएको सन् २०२१ को विजेता सेनेगल र उपविजेता इजिप्ट भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अब अन्तिम ४ अन्तर्गत खेलमा ३ पटकका विजेता नाइजेरियाले १ पटकका पुर्व विजेता दक्षिण अफ्रिकासंग बुधवार राति नेपाली समय अनुसार पौने ११ बजे प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा २ पटकका पुर्व विजेता आइभरी कोस्टले २ पटककै विजेता डिआर कंगोसंग बुधवार मध्यराति पौने २ बजे प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

कन्फडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) को आयोजनामा प्रत्येक २–२ वर्षको अन्तरालमा हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहने गर्दछ ।

लिग कम नकआउट प्रणालीका आधारमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.