Zubairullah Akbari of Afghanistan A plays a shot during the ACC Men's Emerging Teams Asia Cup 2023 cricket match between Afghanistan A and Oman A at the Colombo Cricket Club Ground, Colombo, Sri Lanka on July 13, 2023. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council

एजेन्सी । श्रीलंकामा आजबाट सुरु भएको पाँचौ संस्करणको एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तान ‘ए’ द्वारा ओमान ‘ए’  ७२ रनले पराजित भएको छ ।

विहिवार कोलोम्बो क्रिकेट क्लबमा भएको खेलमा २६८ रनको विजयी लक्ष्य पछ्याएको ओमान ४०.३ ओभरमा अलआउट हुँदै मात्र १९५ रनमा समेतिदा अफगानिस्तान ‘ए’ संग ७२ रनले पराजित भएको हो ।

एसोसियट राष्ट्र ओमानका लागि आयान खानले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रन जोड्दा सोयिब खानले ३ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।

त्यस्तै, कप्तान अक्विब इलियासले २७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोड्दै आउट हुँदा अहमद फायान बुटले ३० बलमा १ चौका प्रहार गर्दै १९ रनमा अविजित रहे ।

यता, शुबो पलले २४ बलको सामना गर्दा १ चौका मद्दतमा १० रन जोड्दै पेविलियन फर्किदा कश्यपकुमार प्रजापति ५, विकेटकिपर सुरज कुमार, फी उल्लाह र जे विक्रम ओडेडारा समान ३–३ र जतिन्दर सिंह २ रनमा आउट भए । ओमानले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

अफगानिस्तानका लागि मोहम्मद इब्राहिमले ८ ओभर बलिङ गर्दा २ मेडन राख्दै २२ रन दिएर ३ विकेट लिँदा जिया उर रेहमान अकबरले ८.३ ओभरमा ३७ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, इजहारुलाह्क नाभेदले २ विकेट लिँदा सराफुद्दिन असरफ र सायिद अहमद सिरजादले समान १–१ विकेट लिए ।

त्यसअघि टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ रोजेको थियो । अफगानिस्तानले ४९ ओभर खेल्नेक्रममा ८ विकेट गुमाउँदै २६७ रन जोडेको थियो ।

अफगानिस्तानका लागि जुबैररुल्लाह अकबारीले ८४ बलमा १४ चौका प्रहार गर्दै ७९ रनको अर्धशतकिय पारी खेल्दा कप्तान शाहिदुल्लाह कमालले ५६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोडे ।

त्यस्तै, विकेटकिपर इक्रम अलीखैलले ३७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोड्दै अविजित रहँदा नुर अली जादरानले ३७ बलमा ५ चौका प्रहार गर्दै ३५ रन जोड्दै पेविलियन फर्किए ।

यता, रियाज हसनले ४३ बलमा २ चौका प्रहार गर्दै २७ रन जोड्दै पेविलियन फर्किदा सराफुद्दिन अशरफले १८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोड्दै आउट भए ।

त्यस्तै, सैद बाहेर शाहले १५ बलमा १ चौका मद्दतमा ११ रन जोड्दै पेविलियन फर्किदा जिया उर रेहमान अकबरले ४ रन जोड्दै आउट भए । अफगानिस्तानले अतिरक्ति रुपमा ८ रन जोड्याृे ।

ओमानका लागि कालेमुल्लाहले १० ओभर बलिङ गर्दै १ मेडन राख्दा ४१ रन दिएर २ विकेट लिँदा अक्विब इलियासले १० ओभर बलिङ गर्नेक्रममा ५० रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, अहमद फायाज बुट, जे विक्रम ओडेडारा र रफी उल्लाहले समान १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोली अर्थात् शुक्रवार भारत ‘ए’ ले युनाइटेड अरब इमिरेट्स (युएई) ‘ए’ संग खेल्नेछ भने पाकिस्तान ‘ए’ ले नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.