Virat Kohli of India celebrates the wicket of Najibullah Zadran of Afghanistan during the 3rd T20I between India and Afghanistan held at the M. Chinnaswamy Stadium, Bangalore on the 17th January 2024 Photo by Faheem Hussain / Sportzpics for BCCI

एजेन्सी । भारतले अफगानिस्तानविरुद्वको तीन खेलको टि–२० सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल सुपर ओभरमा १० रनले जितेको छ ।

बुधवार राति भएको सिरिजअन्तर्गत अन्तिम खेलमा भारतले अफगानिस्तानमाथि सुपर ओभरमा १० रनको जित हासिल गरेको हो ।

उक्त जितसंगै भारतले अफगानिस्तानमाथि क्लिन स्विप गर्दै सिरिज जितेको छ ।

भारतको बेङ्लोरुस्थित एम. चिन्नस्वामी रंगशालामा भएको खेल बराबरीमा सकिएपछि सुपर ओभरतर्फ अघि बढ्यो ।

सुपर ओभरमा भारतले खेल १० रले जित्यो ।

सुपर ओभरमा भारतले ११ रन जोड्दा अफगानिस्तान १ रनमा समेतियो ।

सुपर ओभरमा भारतका लागि कप्तान रोहित शर्माले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्यो ।

त्यसअघि २१३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१२ रन जोड्यो ।

अफगानिस्तानका लागि गुलबदिन नाइबले २३ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान इब्राहिम जदरानले ४१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दै आउट भए ।

त्यस्तै, विकेटकिपर रहमानुल्लाह गुरबाजले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदै पेविलियन फर्किदा मोहम्मद नाबीले १६ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरेर ३४ रन जोड्दै आउट भए ।

यता, शरफुद्दिन अशरफ ५ रनमा अविजित रहँदा नाजिबुल्लाह जदरान ५, करिम जनत २ र अजमुतुल्लाह ओमरजायी शुन्य रनमा पेविलियन फर्किए ।

अफगानिस्तानले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

भारतका लागि वासिन्टन सुन्दरले ३ विकेट लिँदा आभेश खान र कुलदिप यादवले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २१२ रन जोड्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक १२१ रनको शतकिय पारी खेल्दै अविजित रहँदा रिङ्कु सिंहले पनि ३९ बल खेल्दै २ चौका र ६ छक्का प्रहार र्गै ६९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान यश्वस्वी जैसवाल ४ र शिभम् दुबे १ रनमा आउट हुँदा विराट कोहली र सन्जु सेमसन शुन्य रनमा पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

अफगानिस्तानका लागि फरिद अहमदले ३ विकेट लिँदा अजमुतुल्लाह ओमरजायीले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.