
एजेन्सी । अफगानिस्तानमाथि अन्तिम खेलमा हार बेहोरेतापनि श्रीलंकाले ३ खेलको टि–२० सिरिज जितेको छ ।
बुधवार राति भएको ३ खेलको टि–२० सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा श्रीलंका भ्रमणकारी टोली अफगानिस्तानसंग ३ रनले पराजित भएतापनि सिरिज जितेको हो ।
त्यसअघि सिरिजअन्तर्गत दुई खेल घरेलु टोली श्रीलंकाले जितेको थियो । सोहि नतिजाका आधारमा समग्रमा २–१ को जित निकाल्दै श्रीलंकाले सिरिज जितेको हो ।
श्रीलंकाको दमबुल्लास्थित रनगिरी दमबुल्लाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ११० रनको विशाल विजयी लक्ष्यका साथ जवाफी मैदानमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा मात्र २०६ रन जोड्न सक्यो ।
श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान पाथुम निस्साङ्काले ३० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दै गर्दा चोट बोक्दै मैदान छाडे ।
त्यस्तै, सदिरा समराविक्रमाले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर कुशल मेन्डिसले १३ बल खेल्दै ३ चौका प्रहार गरेर १६ रन जोड्दै पेविलियन फर्किए ।
यता, कप्तान वानिन्दु हसरंगाले ११ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किदा दासुन शनाकाले ८ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर रनआउट भए ।
अकिला धनन्जय ४ रनमा अविजित रहँदा अंगेलो म्याथ्युज ४ र कुशल परेरा शुन्य रनमा पेविलियन फर्किए । न
श्रीलंकाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
अफगानिस्तानलाई रोमाञ्चक जित दिलाउन मोहम्मद नाबीले २ विकेट लिँदा फरिद अहमद, नुर अहमद र ख्वाइस अहमदले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार गर्यो ।
अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर हजरतुल्लाह जाजाईले २२ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अज्मुतुल्लाह ओमारजायीले २३ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा मोहम्मद नाबीले १४ बलको सामना गर्दै १ चौका मद्दतमा १६ रन जोडेर अविजित रहे ।
यता, विकेटकिपर मोहम्मद इशाकले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर अविजित रहँदा कप्तान इब्राहिम जडरानले ९ बल खेल्दै १ चौका प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।
करिम जनत भने शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा २१ रन जोड्यो ।
श्रीलंकाका लागि माथिशा पाथिराणा र अकिला धनन्जयले समान २–२ विकेट लिँदा वानिन्दु हसरंगशाले १ विकेट लिए ।