भक्तपुर । फिफा विश्वकपअन्तर्गत विहिवार समूह ‘जी’ र ‘एच’ का खेलहरु सकिएका छन् ।

‘जी’ बाट दावेदार राष्ट्र ब्राजिल समूह विजेता र यरोपेली राष्ट्र स्विजरल्याण्ड उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गरेका छन् ।

यस समूहबाट गयराति ब्राजिललाई १–० ले पराजित गरेको क्यामरन र स्विजरल्याण्डसंग ३–२ पराजितले सर्विया भने बाहिरिएका छन् ।

त्यस्तै, समूह ‘एच’ बाट क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल समूह विजेताका रुपमा र एसियाली राष्ट्र दक्षिण कोरिया समूहको उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यस समूहबाट उरुग्वे र घाना समूह चरणबाटै घर फर्किएका छन् ।

कतार विश्वकपमा अन्तिम १६ राष्ट्रहरुको टुंगो लाग्दा १६ राष्ट्र नै पहिलो चरणबाट बाहिरिएका छन् ।

यसपल्ट युरोपबाट सबभन्दा बढी ८ राष्ट्रहरुले नकआउट चरणमा स्थान बनाउँदा अमिरिकी महादेशबाट ३, एसियाली महादेशबाट ३ र अफ्रिकी महादेशबाट २ राष्ट्रले दोस्रो चरणमा स्थान बनाएका छन् ।

युरोपबाट साविक विजेता फ्रान्ससंगै साविक उपविजेता क्रोएसिया नेडरल्याण्ड, इंग्ल्याण्ड, पोल्याण्ड, स्पेन, पोर्चुगल र स्विजरल्याण्डले अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।

यसैगरी अमेरिकी महादेशबाट ब्राजिल, अर्जेन्टिना र संयुक्त राज्य अमेरिकाले दोस्रो चरणमा स्थान बनाउँदा एसियाबाट जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले स्थान पक्का गरेको छ ।

यता अफ्रिकी महादेशबाट सेनेगल र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन् । दोस्रो चरणका खेलहरु सनिवार अर्थात आजबाट सुरु हुँदैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.