भक्तपुर । फिफा विश्वकप सुरु हुन मात्र ३ दिन बाँकी रहँदा विश्वकप खेल्ने राष्ट्रहरु अन्तिम तयारीमा व्यस्त छन् ।
यस्तोमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलहरु चलिरहेका छन् । विश्वकप लक्षित मैत्रीपूर्ण खेलअन्तर्गत बुधवार राति १३ खेल सकिँदा आज अर्थात् विहिवार विहान ४ खेल भएका छन् ।
मिनिसिपल डि मोन्टीलिभी रंगशालामा मेक्सिको स्वीडेनसंग आमनेसामने भएको थियो । जसमा २–१ ले पराजित रह्यो । स्वीडेनको जितमा मार्कुस रोहडेन र माटिस स्भानवर्गले गोल गर्दा मेक्सिकोका लागि एलेक्स भेगाले एक गोल फर्काए ।
त्यस्तै, आजै विहान अल्जेरिया र मालीले १–१ को बराबरी खेल्दा विश्वकपमा नरहेको हेवीवेट टिम इटालीले अल्वानियामाथि ३–१ को जित निकालेको छ । यता पेरु र पाराग्वेबीचको मैत्रीपूर्ण खेलमा पेरु १–० ले विजयी रह्यो ।
त्यस्तै, गयराति सम्पन्न मैत्रीपूर्ण खेलहरुमा कोस्टारिका, उजवेकिस्तान, अर्जेन्टिना, आइभरिकोस्ट, चेक रिपब्लिक, जर्मनी, अस्ट्रिया, अजरबैजान, पोल्याण्ड, टर्की र बुल्गेरिया आ–आफ्नो खेलमा विजयी रहँदा कोसोभो र अमार्नियाले २–२ गोलको बराबरी खेल्दा भेनेज्युयला र पानामाले पनि २–२ को बराबरी खेलेका छन् ।