भक्तपुर । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलवार बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना गरि खेलकुदको विभिन्न विधामा वर्षभरीका उत्कृष्ट व्यक्तिलाई अवार्डद्वारा सम्मानित गर्यो ।
बर्ष पुरुष खेलाडी फुटबलका अन्जन विष्टले जित्दा वर्ष महिला खेलाडी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही घोषित भइन् ।
त्यस्तै, पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी जित्दा फुटबलका मनिष डाँगीले वर्षका उत्कृष्ट युवा खेलाडी घोषित भए ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड राष्ट्रिय फुटबल टिमका पुर्व मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुटाइरीले जित्दा तेक्पान्डोकी पलेशा गोवर्धनलाई पारा एथलेट सम्मान गरिएको थियो ।
त्यस्तैगरी लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गर्दा खेलाडीका अभिभवकका लागि दिइने स्पेसल अवार्ड ब्याटमिटन खेलाडी रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देबी तामाङका आमा मायादेबी मोक्तान र पिता दानबहादुर तामाङलाई दिइयो ।