भक्तपुर । दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
बुधवार नेपाल क्रिकेट संघ (क्यान) ले पुर्व घोषित टोलीमा दुई खेलाडी परिर्वतन गर्दै दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।
पुनः घोषित १५ सदस्सीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सराफ, भिम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजबंशी र सुर्य तामाङ समेतिएका छन् ।
क्यानडाविरुद्वको एकदिवसिय सिरिजमा उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै अनिल र देवलाई टोलीमा समेतेको हो ।
यसअघि टोलीमा समेतिएका अर्जुन साउद र रिजन ढकाल भने विवेक यादव र प्रतिश जिसीसंगै रिर्जभ टोलीमा रहने भएका छन् ।
विहीबारदेखि सुरु हुने आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबिया र नेडरल्याण्ड्ससंग राउण्ड एन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछ ।